‘शुभ मंगल ज्यादा सावधान’ ट्रेलर, आयुषमान बने समलिंगी पुरुष

‘शुभ मंगल ज्यादा सावधान’ ट्रेलर, आयुषमान बने समलिंगी पुरुष

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – आयुषमान खुराना स्टारर सिनेमा ‘शुभ मंगल ज्यादा सावधान’को ट्रेलर रिलिज भएको छ । हितेश केवल्याले निर्देशन गरेको सिनेमा समलैंगिकताको कथामा आधारित छ ।

२ मिनेट ४१ सेकेण्ड लामो ट्रेलरमा भरपुर कमेडी प्रयोग गरिएको छ । आयुषमान पहिलो पटक समलिंगी पुरुष (गे)को भूमिकामा देखिदैछन् । उनको जोडीको रुपमा जितेन्द्र कुमार छन् । समाज र परिवारले अस्विकार गर्दा आफ्नो प्रेमलाई बचाउन यी दुईले गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।

२१ फेब्रुअरीमा रिलिज हुने सिनेमामा आयुषमान र जितेंद्रका अलावा नीना गुप्ता, गजराज राव, पन्खुडी अवस्थी, सुनिता राजवर, मानवी गागरुलगायतका कलाकारको अभिनय छ । सिनेमामा भुमि पेन्डेकर केमियोमा देखिएकी छन् ।

‘शुभ मंगल ज्यादा सावधान’ २०१७ मा रिलिज भएको ‘शुभ मंगल सावधान’को सिक्वेल हो । जहाँ आयुषमान र भुमिले मुख्य भूमिका निर्वाह गरेका थिए ।