‘गुड न्युज’ले कमायो २ सय करोड, अक्षयको ह्याट्रिक पुरा

‘गुड न्युज’ले कमायो २ सय करोड, अक्षयको ह्याट्रिक पुरा

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – सन् २०१६ यता बलिउड अभिनेता अक्षय कुमारले घरेलु बक्सअफिसमा लगातार हिट सिनेमा दिइरहेका छन् । वर्षमा ३ देखि ५ सम्म सिनेमा पस्किने अक्षयको लागि यो समय सुनौलो गैरहेको छ ।

२०१९ को अन्तिममा प्रदर्शनमा आएको ‘गुड न्युज’ले  यो कुराको पुष्टि गर्छ । २४ औँ दिनमा सिनेमाले २ सय करोड माथिको व्यापार गर्न सफल भएको छ । २०१९ मै रिलिज मध्ये २ सय करोड क्लबमा प्रवेश गर्ने यो अक्षयको तेस्रो सिनेमा हो ।

अगस्टमा रिलिज ‘मिसन मंगल’ अक्षयको करिअरमै २ सय करोड कमाउने पहिलो सिनेमा बनेको थियो । अक्टुबरमा आएको ‘हाउफुल ४’ले पनि २ सय करोड माथिको व्यापार गर्यो । ‘गुड न्युज’को सफलतासँगै २ सय करोड क्लबमा अक्षयले ह्याट्रिक पुरा गरेका छन् ।

बलिउडमा एकै वर्ष कुनै पनि अभिनेताका तीन सिनेमाले लगातार २ सय करोडको व्यापार गर्न सकेका छैनन् । साथै, २०१९ मा रिलिज ‘गुड न्युज’ अक्षयको चौथों सुपरहिट सिनेमा हो । मार्चमा रिलिज ‘केसरी’ले १ सय ५० करोड माथिको व्यापार गरेको थियो ।

राज मेहताले निर्देशन गरेको ‘गुड न्युज’मा अक्षयसँगै करीना कपूर खान, कियरा आडवाणी र दिलजित दोसाञ्झको मुख्य भूमिका छ ।