सुशीलको प्रेममा रुबिना, ‘लभ डायरिज’ ट्रेलर रिलिज

सुशीलको प्रेममा रुबिना, ‘लभ डायरिज’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भ्यालेन्टाइन डेमा रिलिज हुने सिनेमा ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ । सौरभ चौधरी निर्देशित सिनेमाको ट्रेलरले प्रेमकथा भन्छ ।

सिनेमा सुशील श्रेष्ठ र रुबिना थापाको मुख्य भूमिका छ । दुई बीचको झगडा, प्रेम, रोमान्स र विछोड ट्रेलरमा देख्न सकिन्छ । सिनेमामा विश्वजित रिमालको पनि मुख्य भूमिका छ । संजय लामाले खिचेको सिनेमा कलरफुल छ । ट्रेलर र गीतमा छायांकन पक्ष बलियो देखिएको छ ।

रुबिना र विश्वजितले यहि सिनेमा मार्फत अभिनयमा डेब्यु गरेका छन् । सिनेमाको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहील खान सह-निर्देशक रहेको सिनेमामा मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, अर्जुन पोखरेलले संगीत भरेका छन् । विनोद सापकोटाले निर्माण गरेको सिनेमाको रिलिज डेट फागुन २ हो ।