एउटै सिनेमाको लागि अक्षयलाई १ सय २० करोडको अफर

एउटै सिनेमाको लागि अक्षयलाई १ सय २० करोडको अफर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – २०१९ मा बलिउड अभिनेता अक्षय कुमारले बक्सअफिसमा थुप्रै रेकर्ड बनाए । लगातार हिट सिनेमा दिइरहेका अक्षय बलिउडका सर्वाधिक व्यस्त अभिनेता हुन् ।

अहिले अक्षयको नामले नै सिनेमा चल्न थालेपछि निर्माताहरु उनलाई कास्ट गर्न एक कदम अगाडी देखिन थालेका छन् । पछिल्लो खबर अनुसार उनलाई एक सिनेमाको लागि १ सय २० करोड भारुको अफर गरिएको छ ।

उनलाई निर्देशन आनन्द एल राइको आगामी सिनेमाबाट यो अफर गरिएको बताइएको छ । निर्माण पक्षबाट कुनै आधिकारिक सुचना नआएपनि बलिउड हंगामाले श्रोत उदृत गर्दै लेखेको छ ‘अक्षयका सिनेमाले अहिले बक्सअफिसमा मात्रै राम्रो व्यापार गरिरहेका छैनन, ति सिनेमाको डिजिटल र स्याटेलाइट राइटले पनि ठुलो रकम पाइरहेका छन् । त्यसैले उनि महँगो पारिश्रमिकका हकदार छन् ।’

आनन्दको अफर अक्षयले स्वीकारेका छैनन् । २-३ साता भित्र खबर पुरा हुने बताइएको छ । यो सिनेमामा साराअलि खान र धनुष पनि फाइनल भैसकेका छन् । यदि १ सय २० करोडमा अक्षयले यस अनटाइटल प्रोजेक्ट साइन गरेमा उनि बलिउडकै सर्वाधिक पारिश्रमिक लिने अभिनेता बन्नेछन् ।

गत वर्ष अक्षयका चार सिनेमाले बक्सअफिसमा ७ सय ६० करोड माथिको व्यापार गरेका थिए । त्यस्तै तीन सिनेमा लगातार २ सय करोड क्लबको सदस्य भए ।  बलिउडमा अन्य अभिनेताको नाममा यस्तो रेकर्ड यसअघि बनेको छैन ।