‘स्ट्रिट डान्सर’ नेपाल रिलिजबारे वरुण र श्रद्धाको भिडियो संदेश

‘स्ट्रिट डान्सर’ नेपाल रिलिजबारे वरुण र श्रद्धाको भिडियो संदेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड स्टार वरुण धवन र श्रद्धा कपूरको सिनेमा ‘स्ट्रिट डान्सर’ जनवरी २४ देखि विश्वव्यापी रिलिज हुँदैछ । नेपालमा यस डान्स ड्रामाको छुट्टै क्रेज छ ।

यसअघि यसको प्रिक्वेल ‘एबिसिडी’ र ‘एबिसिडी २’ले राम्रो व्यापार गरेका थिए । तेस्रो सिक्वेलले पनि नेपालमा दर्शकको राम्रो साथ पाउने अनुमान गरिएको छ । त्यसैले मुख्य कलाकार वरुण र श्रद्धाले नेपाली दर्शकलाई एक संदेश पठाएका छन् ।

एक भिडियो मार्फत यो जोडीले नेपालीलाई ‘स्ट्रिट डान्सर’ हेरिदिन आग्रह गरेको छ । ‘हाम्रो सिनेमा ‘स्ट्रिट डान्सर’ २४ जनवरीमा नेपाल रिलिज हुँदैछ । सिनेमामा नेपालबाट एक प्रतिभाशाली डान्सर पनि हुनुहुन्छ । उनको नाम सुशान्त खत्री हो । उनि एक हाइलाइट्स डान्सर हुन् । नेपालमा धेरै जना स्ट्रिट डान्सर हुनुहुन्छ । हाम्रो सिनेमालाई धेरै भन्दा धेरै माया दिनुस । आशा छ, रागवलाई जस्तै ‘स्ट्रिट डान्सर’लाई पनि माया गर्नुहुनेछ ।’ वरुणले भिडियो संदेशमा भनेका छन् ।

रेमो डिसुजा निर्देशित सिनेमामा वरुण र श्रद्धासँगै प्रभुदेवा, नोरा फतेही, मुरली शर्मा, पुनित पाठक, धर्मेश, सुशान्त खत्रीलगायतका कलाकारको अभिनय छ ।