‘दि कर्मा’ नयाँ गीतमा रोमान्टिक जयराज र संगीता

‘दि कर्मा’ नयाँ गीतमा रोमान्टिक जयराज र संगीता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘दि कर्मा’को नयाँ गीत सार्वजनिक गरिएको छ । रोमान्टिक नम्बर ‘साना साना सपना’मा कलाकार जयराज रोय र संगीता नापितको प्रेम समेटिएको छ ।

मानस विक्रम थापा र अंकित बाबु अधिकारीको संगीतमा तयार गीतमा केतन क्षेत्रीको स्वर छ । मानस विक्रमकै शब्द रचना रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी भरेका छन् । झापाको रमणीय दृश्यमा गीतको छायांकन गरिएको छ ।

नेपाल र भारत सिमानामा हुने घटनामा आधारित सिनेमालाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । सिनेमाको पटकथा सुशील पोखरेलले लेखेका हुन् ।

सिनेमामा नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दि तामाङ, संगीत नापित, अनुप सक्सेनालगायातका कलाकारको अभिनय छ । यहि सिनेमाबाट करण वर्मा र जयराज रोयले अभिनयमा डेब्यु गर्दैछन् ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित सिनेमा नेपालसँगै विदेशमा पनि रिलिज हुनेछ । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस सिनेमामा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छिन् । सिनेमा माघ १७ देखि अलनेपाल रिलिज हुँदैछ ।