अजय र सैफको ‘तान्हाजी’ले कमायो २ सय करोड

अजय र सैफको ‘तान्हाजी’ले कमायो २ सय करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अजय देवगण, सैफअलि खान र काजोल स्टारर सिनेमा तान्हाजी: द अनसुङ्ग वारियरले घरेलु बक्सअफिसमा २ सय करोडको आँकडा पार गर्न सफल भएको छ ।

तेस्रो शुक्रबारको ५.३८ करोड कलेक्सनसँगै सिनेमाले २ सय करोड क्लबमा इन्ट्री गरेको हो । सिनेमाको जम्मा कलेक्सन २०२.८३ करोड पुगेको छ । यो अजयको करिअरमा २ सय करोड कमाउने दोस्रो सिनेमा हो । उनको ‘गोलमाल अगेन’ले पनि बक्सअफिसमा २ सय करोड पार गरेको थियो ।

यस्तै सैफअलि र काजोलको करिअरमा २ सय करोड कमाउने ‘तान्हाजी’ नै पहिलो सिनेमा हो ।

‘तान्हाजी’ले पहिलो साता ११८.९१ करोड कमाएको थियो । दोस्रो साताको कलेक्सन ७८.५४ करोड रह्यो । पहिलो साताको तुलनामा दोस्रो साता सिनेमाको कलेक्सनमा जम्मा ३३.९५ प्रतिशत मात्र गिरावट देखियो ।