सविनको ‘ताकतवर’ ट्रेलर रिलिज

सविनको ‘ताकतवर’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सविन श्रेष्ठ अभिनित सिनेमा ‘ताकतवर’को ट्रेलर रिलिज गरिएको छ । एक्सन लभस्टोरी सिनेमाको ट्रेलर राजधानीमा एक प्रेसमिट गरेर रिलिज गरिएको हो ।

गजेन्द्र रञ्‍जित निर्देशित सिनेमामा सविनसँगै धुर्व कोइराला, महिमा सिलवाल, शेखर सुवेदी, रिजा भुषाललगायतका कलाकारको अभिनय छ । रामेश्वर हुमागाईंले खिचेको सिनेमामा चन्द्र पन्तको द्वन्द्ध, सुर्य किरण लामाको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।

सुनिल प्रकाश श्रेष्ठको लेखनमा निर्मित सिनेमामा निर्देशक रञ्‍जितसँगै आरती शाहीको लगानी छ । सिनेमाका सह-लगानीकर्तामा नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले) र बद्रि फुयाँल छन् ।

रिलिज मिति तय नभएको सिनेमालाई चैत दोस्रो साता प्रदर्शनमा ल्याउने लक्ष्य रहेको निर्माण पक्षले बताएको छ ।