‘साङ्लो’ नयाँ गीत रिलिज, विराज र निकिताको डान्स स्टेप्स

‘साङ्लो’ नयाँ गीत रिलिज, विराज र निकिताको डान्स स्टेप्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एक्सनस्टार विराज भट्ट अभिनित सिनेमा साङ्लोको दोस्रो गीत सार्वजनिक भएको छ । झ्याम्मै आँखा झ्याम्मै बोलको गीतमा विराज र डेब्यु अभिनेत्री निकता चाण्डक फिचर्ड छन् ।

डान्सिङ बिटको गीतमा यो जोडीले स्पष्ट स्टेप्स दिएको छ । अघिल्लो गीत चरीले काफल टिप्योमा परम्परागत पहिरणमा देखिएका विराज र निकितालाई यस गीतमा मोर्डन अवतारमा देख्न सकिन्छ ।

सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर छ । गीतको शब्द रचना पनि निशानले नै गरेका हुन् । भने, कोरियोग्राफी रामजी लामिछानेको हो ।

एक्सन प्रधान सिनेमालाई विराज आफैले निर्माण तथा निर्देशन गरेका हुन् । सिनेमामा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित सिनेमामा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।

सिनेमा यहि माघ २४ देखि अलनेपाल रिलिज हुँदैछ ।