anmol jasita

‘सेन्टी भाइरस’ ट्रेलर: धुर्मुस-सुन्तली दम्पति फरक पार्टीका कार्यकर्ता

‘सेन्टी भाइरस’ ट्रेलर: धुर्मुस-सुन्तली दम्पति फरक पार्टीका कार्यकर्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – धुर्मुस-सुन्तलीले निर्माण गरेको सिनेमा सेन्टी भाइरस  को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ४६ सेकेण्ड लामो ट्रेलरले राजनीतिक विषयबस्तु उठाएको छ ।

राजनीतिसँगै सिनेमामा पारिवारिक झमेला पनि जोडिएको छ । रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्रीलगायतका कलाकारको मुख्य भूमिका छ ।

सिनेमामा सिताराम र कुञ्जना दुई फरक राजनीतिक दलका कार्यकर्ताको भूमिकामा देखा परेका छन् । फरक दलमा लागेर राजनीति गर्दा दम्पतिको जीवनमा आउने उतारचढाव पनि ट्रेलरमा देखाइएको छ । कमेडी र इमोसनको समिश्रणसहितको ट्रेलर व्यवसायिक लाग्छ ।

सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् ।

फागुन ९ गते रिलिज हुने सिनेमामा राजनराज सिवाकोटी/शंकर थापा/कालीप्रसाद बाँस्कोटा/सुशान्त गौतमको सयुंक्त संगीत, शैलेन्द्र ध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।