आनन्दको ‘अतरंगी रे’मा अक्षय, धनुष र सारा

आनन्दको ‘अतरंगी रे’मा अक्षय, धनुष र सारा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गत वर्ष अभिनेता धनुषले निर्देशक आनन्द एल राइको सिनेमामा आफुले काम गर्न लागेको घोषणा गरेका थिए । त्यसपछि सिनेमामा ऋतिक रोशन र सारा अलि खान जोडिने खबर बाहिरिएको थियो । अन्तत: ऋतिक नहुने कन्फर्म भैसकेको छ ।

ऋतिकको ठाउँमा अभिनेता अक्षय कुमार भित्रिएका छन् । जहाँ, धनुष र साराले अक्षयसँग स्क्रिन शेयर गर्नेछन् । सिनेमाको नाम अतरंगी रे  जुरेको छ ।

मार्च १ देखि छायांकन सुरु हुने सिनेमामा हिमांशु शर्माको लेखन र एआर रहमानको संगीत रहनेछ । भुसन कुमार र निर्देशक राइले निर्माण गर्ने सिनेमालाई २०२१ को भ्यालेन्टाइनमा रिलिज गरिनेछ ।

यसै सिनेमाको लागि अक्षयले १ सय २० करोड पारिश्रमिक बुझेको खबरले बलिउड गर्माएको थियो । तर, अक्षयले खबरको खण्डन गरिसकेका छन् । ब्याक-टु-ब्याक ब्लकबस्टर सिनेमा दिइरहेका अक्षयले ‘अतरंगी रे’का लागि मोटो पारिश्रमिक बुझेको बताइएको छ ।

आनन्दको पछिल्लो निर्देशकीय सिनेमा जिरो  बक्सअफिसमा सुपरफ्लप भएको थियो ।