पूजा र एलिशासँग पलको ‘कसम’

पूजा र एलिशासँग पलको ‘कसम’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन २३ गते रिलिज हुने सिनेमा ‘म यस्तो गीत गाउँछु २’ संगीतका कारण चर्चामा छ । सिनेमामा समावेश दुई गीत चार्टबस्टरमा हिट भैसकेका छन् ।

त्यसैले निर्माण पक्षले नयाँ गीत सार्वजनिक गरेको छ । कसम कसम बोलको गीतमा पल शाह, पूजा शर्मा र एलिशा शर्मा फिचर्ड छन् । डान्सिङ बिटमा सुगम पोखरेलको स्वर छ ।

दिनेशराज पुरीले शब्द रचना गरेको गीतमा अर्जुन पोखरेलको संगीत छ । भने, रामजी लामिछानेको कोरियोग्राफी गरेका छन् ।

सुदर्शन थापाले निर्देशन गरेको सिनेमामा ‘तिम्रो घरको वरिपरी’ र ‘दुखको काँडा’ बोलका गीत हिट छन् । अघिल्लो सिरिज ‘म यस्तो गीत गाउँछु’का पनि सबै गीत हिट थिए । जसको सकारात्मक असर बक्सअफिसमा परेको थियो ।

शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथामा पूजा र पलसँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ ।

निर्देशक थापा र अभिनेत्री शर्माले निर्माण गरेको सिनेमामा सौरभ लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन छ । सिनेमाको सह-निर्मातामा जन्मजय सम्पाङ राई छन् ।