‘आमा’ शिर्ष गीत रिलिज

‘आमा’ शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दिपेन्द्र के खनाल निर्देशित सिनेमा ‘आमा’को शिर्ष गीत रिलिज भएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत मार्मिक छ ।

भुपेन्द्र खड्काको शब्दमा आमाको समर्पण, त्याग प्रेम महसुस हुन्छ । सुभाष भुसालको संगीत रहेको गीतमा केतन क्षेत्रीको स्वर छ ।

ट्रेलर रिलिज भएसँगै हाइपमा आएको सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको अभिनय छ ।

सिनेमा लेखन तथा छायांकन पनि निर्देशक खनालले नै गरेका हुन् । डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा सुभाष भुसालको संगीत, दिर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ । सिनेमा फागुन ९ देखि अलनेपाल रिलिज हुँदैछ ।