‘लभ डायरिज’ नयाँ गीतमा रुबिनासँग सुशील र विश्वजितको प्रेम

‘लभ डायरिज’ नयाँ गीतमा रुबिनासँग सुशील र विश्वजितको प्रेम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन २ गते रिलिज हुने सिनेमा ‘लभ डायरिज’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीतमा सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमाल बीचको त्रिकोणात्मक प्रेम दर्साइएको छ ।

सुशील र विश्वजित दुवै जना रुबिनालाई प्रेम गर्छन । रुबिना भने सुशीललाई प्रेम गर्छिन । गीतले यस्तै कथा वर्णन गर्छ ।

प्रविण पौडेलले संगीत भरेको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ । भने, शब्द रचना मानसविक्रम थापाले गरेका छन् ।

सौरभ चौधरी निर्देशित सिनेमामा सुशील, रुबिना र विश्वजितको प्रमुख भूमिका छ । सिनेमाको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहील खान एसोसिएट निर्देशक रहेको सिनेमामा संजय लामाको छायांकन र दिर्घ खड्का/मिलन श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता विनोद सापकोटा हुन् ।