‘प्रेमगीत ३’को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक

‘प्रेमगीत ३’को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चैत २८ गते रिलिज हुने सिनेमा ‘प्रेमगीत ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘हात्ती ढुंगामा’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड छन् ।


मनाङमा छायांकन गरिएको गीत बजारमा चलेका भन्दा भिन्न छ । गीतको मूड, भिडियोमा प्रयोग भएका पहिरण र भेषभुषा फरक छन् । दुई सय वर्ष पुरानो प्रेमकथा भनिएको सिनेमाको गीतमा प्रदीपको पनि फरक अवतार छ । जो अवतारमा उनि यसअघि देखिएका थिएनन् ।

गीतमा कलाकार सुनिल थापा र माओत्से गुरुङको पनि केहि झलक अटाइएको छ । जो पात्रले गीतसँग कथा जोड्नमा भूमिका खेलेका छन् ।

कल्याण सिंहको संगीतमा तयार गीतमा मेलिना राई र सागर आलेको स्वर छ । हर्क साउदको शब्द रचनामा कविराज गहतराजले कोरियोग्राफी भरेका छन् । गीतका शब्दले शिर्ष दुई पात्र बीचको प्रेम पनि बोल्छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप र क्रिष्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् ।

आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको लगानी छ । सिनेमामा छेतेन गुरुङ र मन्दीप गौतमको लेखन छ ।

https://youtu.be/UaeScocRNsQ