‘बाघी ३’को ट्रेलर रिलिज, टाइगरको बोल्ड एक्सन

‘बाघी ३’को ट्रेलर रिलिज, टाइगरको बोल्ड एक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – टाइगर श्रोफ स्टारर सिनेमा ‘बाघी ३’को ट्रेलर रिलिज गरिएको छ । एक्सन प्याक्ड ट्रेलरले दर्शकको मन जित्छ । तर, ट्रेलर हेरेका दर्शकले सलमान खानको ‘टाइगर जिन्दा हे’सँग यसको तुलना गरिदिएका छन् ।

अहमद खान निर्देशित सिनेमाको ट्रेलरमा एक्सनसँगै इमोसन पनि भरपुर देखाइएको छ । अघिल्ला शृंखलामा जस्तै यसमा पनि रोमाञ्चक एक्सन स्टन्ट देख्न सकिन्छ । त्यो पनि ‘नेक्स्ट लेभल’मा ।

गत वर्षको सर्वाधिक कमाउने सिनेमा ‘वार’पछि टाइगरको नयाँ सिनेमा स्वरुप ‘बाघी ३’ रिलिज हुन् लागेको हो । त्यसैले टाइगरको एक्सन स्टन्टले बक्सअफिस गर्माउने अनुमान गरिएको छ ।

६ मार्चमा रिलिज हुने सिनेमामा टाइगरसँगै श्रद्धा कपूर, रितेश देशमुख, अंकिता लोखंडे, आशुतोष राणा, सतिश कौसिक, चंकी पाण्डे, नोरा फतेही, अनु कपूरलगायतका कलाकारको अभिनय छ ।