सौगात र दीयाको ‘मन्त्र’ टिजर, नयाँ वर्ष रिलिजको लक्ष्य

सौगात र दीयाको ‘मन्त्र’ टिजर, नयाँ वर्ष रिलिजको लक्ष्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सौगात मल्ल, दीया पुन र बुद्दि तामाङ अभिनित सिनेमा ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । उच्च हिमाली क्षेत्र मनास्लु आसपासमा खिचिएको सिनेमाले लभस्टोरी भन्छ ।

गोरखाको मनास्लु क्षेत्रमा पहिलो पटक खिचिएको सिनेमा भएका कारण दृश्यले दर्शकलाई लोभ्याउने निर्माण पक्षको आशा छ । यस्तै खिलबहादुर गुरुङ निर्देशित सिनेमामा सौगात र दीयाले पहिलो पटक स्क्रिन शेयर गरेका हुन् ।

साम्तेन भुटियाले लेखेको सिनेमामा नमिता घिसिङ र वीरबहादुर लामाको पनि मुख्य भूमिका छ । २०७७ नयाँ वर्ष रिलिजको लक्ष्य राखेको सिनेमामा शम्भुजित बाँस्कोटा/सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन र मित्र डि गुरुङको सम्पादन छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता मनोज राजभण्डारी हुन् । भने, सह-निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र शुभ श्रेष्ठ छन् ।