‘महाभारत’मा द्रौपदी बन्दै दीपिका, लगानीमा साझेदारी

‘महाभारत’मा द्रौपदी बन्दै दीपिका, लगानीमा साझेदारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सत्यकथामा आधारित सिनेमा ‘छ्पाक’पछि अभिनेत्री दीपिका पादुकोणले पौराणिक कथाको ‘महाभारत’ गर्दैछिन् । सिनेमामा उनले द्रौपदीको भूमिका निर्वाह गर्नेछिन् ।

निर्माण घोषणा भएदेखि नै चर्चामा रहेको सिनेमालाई लिएर दीपिका सिरियस छिन् । ‘छपाक’ पछि दीपिकाले ‘महाभारत’मा दोस्रो पटक लगानी पनि गर्दैछिन् । त्यसैले उनको लागि यो सिनेमा विशेष छ ।

मिड डेको एक अन्तर्वार्तामा उनले सिनेमासँग सम्वन्धित विषयमा बोलेकी छन् । ‘म सिनेमाको हाइप निर्माण गर्नलाई घोषणा समारोह राख्नमा विश्वास गर्दिन । मैले यस प्रोजेक्टमा धेरै सोचेर काम गर्दैछु । अहिले हामि कास्ट एण्ड क्रु फाइनल गर्दैछौँ ।’

उनले ‘महाभारत’ बनाउन सजिलो नरहेको पनि बताएकी छन् । बलिउडमा बन्ने राम्रो बजेटका सिनेमाको तुलनामा यसमा मिहेनत र बजेट पाँच गुणा बढी लाग्ने उनले बताइन । दीपिकाले ‘महाभारत’लाई आफ्नो करिअरकै महत्वकान्क्षी प्रोजेक्ट बताएकी छन् । उनलाई लगानीमा मधु मन्टेनाले साथ दिनेछिन ।