सलमानको नयाँ जोडी पूजा

सलमानको नयाँ जोडी पूजा

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सुपरस्टार सलमान खान अहिले सिनेमा ‘राधे’को छायांकनमा व्यस्त छन् । पछिल्ला केहि सिनेमाले बक्सअफिसमा सोचेजस्तो सफलता नपाएपनि सलमानले लगालग नयाँ प्रोजेक्ट गरिरहेका छन् ।

यस्तै केहि समय अगाडी सलमानले २०२१ को इदलाई लक्षित गर्दै सिनेमा ‘कभी इद कभी दिवाली’ घोषणा गरेका थिए । फरहाद सामजीले निर्माण गर्ने सिनेमामा सलमानको अपोजिट कुन अभिनेत्रीले काम गर्लिन भन्ने दर्शकमा कौतुहलता थियो ।

अन्तत: निर्माण पक्षले सिनेमाको लिड अभिनेत्री फाइनल गरेको छ । सलमानको जोडीको रुपमा पूजा हेग्डे फाइनल भएकी हुन् । सन् २०१६ को सिनेमा ‘मोहेञ्जो दारो’बाट ऋतिक रोशनको अपोजिट डेब्यु गरेकी पूजाले ‘हाउसफुल ४’मा पनि अभिनय गरेकी थिइन् ।

‘हाउसफुल ४’देखि नै पूजाको कामबाट आफु प्रभावित भएको निर्देशक फरहादले बताएका छन् ।