‘लक्का जवान’ नयाँ गीतमा दीलिपदेखि वर्षासम्मको ठुम्का

‘लक्का जवान’ नयाँ गीतमा दीलिपदेखि वर्षासम्मको ठुम्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हास्यकलाकार शिवहरी पौड्यालले निर्देशन गरेको सिनेमा ‘लक्का जवान’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘मुसुक्कै हाँसन माया’ बोल सिनेमामा समावेश दोस्रो गीत हो ।

दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी फिचर्ड लोकगीतमा बाबुल गिरीको शब्द र संगीत छ । बाबुलसँगै जुनु रिजाल काफ्लेले आवाज दिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

राजधानी आसपासका ठाउँमा खिचिएको गीतले सिनेमाको हाइप निर्माणमा ठुलो भूमिका खेल्ने निर्माण पक्षको आशा छ । सिनेमाको शिर्ष गीतले भने औसत सफलता पायो ।

सिनेमामा डेब्यु निर्देशक पौड्यालकै कथा, पटकथा र संवाद छ । पाका उमेरको मानिसको कथा भन्ने सिनेमामा दीलिप, प्रियंका, सलोन र वर्षासँगै किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्याल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

चैत २१ गते रिलिज हुने सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र मित्र डि गुरुङको सम्पादन छ ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझी कार्यकारी निर्माता रहेको सिनेमाको निर्माता अनसुया श्रेष्ठ ओन्ता हुन् । भने, सह-निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ छन् ।