‘सेन्टी भाइरस’ गीत, आफ्नो पार्टी जिताउन कार्यकर्ताको साँढे जुधाई !

‘सेन्टी भाइरस’ गीत, आफ्नो पार्टी जिताउन कार्यकर्ताको साँढे जुधाई !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ९ गते रिलिज हुने सिनेमा ‘सेन्टी भाइरस’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतले राजनीतिक कार्यकर्ताको वेदना प्रस्तुत गर्छ ।

प्रमोद खरेल र विद्या मन्जु तिवारीको स्वर रहेको गीतमा सिनेमाका मुख्य कलाकार कुञ्जना घिमिरे, विल्सनविक्रम राई, सन्दीप क्षेत्री, एलिश राईलगायत फिचर्ड छन् । आफ्नो पार्टीलाई जिताउन कार्यकर्ताले खेल्ने भूमिका र नेताहरुले देखाउने व्यवहारलाई गीतमा उतारिएको छ ।

हर्क साउद शब्द रचित गीतमा सुशान्त गौतमको संगीत छ । दीपक आचार्यले निर्देशन गरेको भिडियोमा एलिश राईको कोरियोग्राफी छ ।

चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग रकम जुटाउन धुर्मुस-सुन्तलीले ‘सेन्टी भाइरस’ निर्माण गरेका हुन् । जसको मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेलगायतका कलाकारको अभिनय छ ।

सिनेमाको लेखन कुमार कट्टेल र दीपक आचार्यले गरेका हुन् । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् ।