खराब समिक्षाले बक्सअफिसमा कमजोर ‘लभ आजकल’

खराब समिक्षाले बक्सअफिसमा कमजोर ‘लभ आजकल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड सिनेमा ‘लभ आजकल’को व्यापारमा खराब प्रतिक्रियाको असर परेको छ । पहिलो दिन राम्रो व्यापार गरेको सिनेमा विकेन्डमै कमजोर बनिदिएको छ । अधिकाँस सिनेमाको व्यापार विकेन्डमै राम्रो हुने गर्दछ ।

कार्तिक आर्यन र साराअलि खान स्टारर सिनेमाले पहिलो दिन १२.४० करोडको व्यापार गरेको थियो । तर, दोस्रो दिनको व्यापार बढ्नुको साटो घटेर ८.०१ करोडमा झर्यो । आइतबारको सार्वजनिक विदामा पनि सिनेमा कमजोर देखियो ।

तेस्रो दिन ८.१० करोड व्यापार गरेको सिनेमाको कलेक्सन २८.५१ करोड पुगेको छ । यो कलेक्सन २००९ मा रिलिज ‘लभ आजकल’को भन्दा कमजोर मानिएको छ । ११ वर्ष अगाडी उक्त सिनेमाले पहिलो विकेन्डमा २७.८६ करोडको व्यापार गरेको थियो ।

खराब समिक्षा र दर्शक प्रतिक्रियाका कारण सिनेमाको कलेक्सन विकडेजमा सुत्न सक्ने अनुमान गरिएको छ ।

इम्तियाज अलि निर्देशित पछिल्ला सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । उनका पछिल्ला रिलिज ‘जब ह्यारी मेट सेजल’, ‘तमाशा’, ‘हाइवे’ र ‘रकस्टार’ जस्तै ‘लभ आजकल’ पनि बक्सअफिसमा चिप्लिन सक्ने सम्भावना बढेर गएको छ ।