किन फ्लप भयो कार्तिक र साराको ‘लभ आजकल’ ?

किन फ्लप भयो कार्तिक र साराको ‘लभ आजकल’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक आर्यन र साराअलि खान स्टारर सिनेमा ‘लभ आजकल’ निर्देशक इम्तियाज अलिको करिअरका लागि महत्वपूर्ण थियो । किनकी, यसभन्दा अगाडी शाहरुख खान र अनुष्का शर्मा स्टारर ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा नराम्रोसँग पिटिएको थियो ।

यसको केहि वर्ष अगाडी अलि निर्देशित ‘तमाशा’लाई समिक्षकले राम्रो भनेका थिए । त्यैपनि रनवीर कपूर र दीपिका पादुकोण अभिनित सिनेमा बक्सअफिसमा फ्लप भयो । त्यसैले इम्तियाजलाई ‘लभ आजकल’बाट पूर्ण आशा थियो । तर, उनको आशा अनुसार सिनेमा चलेन । आखिर के कारणले ‘लभ आजकल’ बक्सअफिसमा फ्लप भयो त ?

दर्शकलाई मन परेन कार्तिक-साराको केमेस्ट्री

इम्तियाजलाई प्रतिभाशाली निर्देशक मानिन्छ । उनि आफ्नो कलाकारबाट उत्कृष्ट काम निकाल्न माहिर मानिन्छन । तर, यसपटक कार्तिक र साराबाट उनले राम्रो काम निकाल्न सकेनन् । र, यी दुई कलाकारले सिनेमामा मिहेनत पनि गरेनन् । त्यसैले दुईको केमेस्ट्री फिक्का सावित भयो । विशेषगरि इमोसनल दृश्यमा साराको अभिनय कमजोर देखियो ।

सिनेमाको धेरै ठाउँमा कार्तिक र सारा बीच ‘तमाशा’ स्टार रनवीर र दीपिकाको जस्तो इमोसनल दृश्य महसुस हुँदैन । त्यैपनि अभिनेता रणदीप हुड्डाको अभिनयले सिनेमाको साख जोगाएको छ । ‘हाइवे’ पछि कहिँ कतै रणदीपको कामले यो पुष्टि गर्छ, इम्तियाज आफ्नो कम्फर्ट जोनका कलाकारसँग सहज देखिन्छन ।

सिनेमाको पटकथामा गहिराईको कमि देखिन्छ । कुनै पनि पात्र स्थापित लाग्दैनन् । प्रितमको संगीत राम्रो भएपनि सिनेमाको कथासँग अपनत्व महसुस हुँदैन । त्यसैले संगीत छनोटमा पनि इम्तियाज चुकेका छन् ।

सातामै बक्सअफिस कोल्याप्स

भ्यालेन्टाइनको अवसरमा सिनेमाले राम्रो ओपनिङ गरेको थियो । १२.४० करोडबाट सुरु भएको कलेक्सन चौथों दिनसम्म २.७५ करोडमा झरेको छ । चार दिनमा ३१.२६ करोड कमाएको सिनेमा ४० करोड लाइफटाइम कलेक्सनमै भासिने सम्भावना बढेको छ ।

सिनेमाको निर्माणमा ५५ करोड र पब्लिसिटीमा १० करोड खर्च भएको छ । ६५ करोड बजेटबाट सिनेमालाई ठुलो रकम घाटा लाग्ने पक्का छ ।