anmol jasita

‘सेन्टी भाइरस’को लिरिकल गीत ‘एनी लै’ रिलिज

‘सेन्टी भाइरस’को लिरिकल गीत ‘एनी लै’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यसै शुक्रबार रिलिज हुने सिनेमा ‘सेन्टी भाइरस’को स्याड भर्सन गीत रिलिज गरिएको छ । ‘एनी लै’ बोलको लिरिकल गीतमा सिनेमाका बिभिन्न कलाकारको पिडा प्रस्तुत गरिएको छ ।

हर्क साउदको शब्द रचना रहेको गीतमा सुशान्त गौतमको स्वर र संगीत छ । रामबाबु गुरुङले निर्देशन गरेको सिनेमाले देशको राजनीतिक विकृतिको कथा भन्छ ।

सिनेमामा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेसँगै थुप्रै कलाकारको अभिनय छ ।

सिनेमाको व्यापारमा हुने नाफाको ५० प्रतिशत रकम चितवनमा निर्माणाधिन गौतम बुद्ध इन्टरनेशनल क्रिकेट मैदानको लागि खर्च गरिनेछ ।

कुमार कट्टेल र दीपक आचार्यले सिनेमाको कथा लेखेका हुन् । महाशिवरात्रीको अवसर पारेर सिनेमा फागुन ९ मा रिलिज हुँदैछ ।