पाइपलाइनमा रोहितका तीन सिनेमा, पहिला ‘सिङ्घम ३’ बनाउने तयारी

पाइपलाइनमा रोहितका तीन सिनेमा, पहिला ‘सिङ्घम ३’ बनाउने तयारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्तमानमा रोहित सेट्टी बलिउडका सर्वाधिक सफल निर्देशक हुन् । उनले निर्देशन गरेका हरेक सिनेमा सफल हुन्छन ।

अभिनेतामा सलमान खान जस्तै निर्देशकमा रोहितको सिनेमा आउँदा एक किसिमको तरंग पैदा हुन्छ । रोहितका पाँच सिनेमा सय करोड र तीन सिनेमा २ सय करोड क्लबको सदस्य छन् । त्यसैले उनलाई ब्लकबस्टर निर्देशक पनि भनिन्छ ।

रोहितको पछिल्लो रिलिज सिनेमा ‘सिम्बा’ले बक्सअफिसमा २ सय ४० करोडको व्यापार गरेको थियो । त्यहि सिनेमाको अन्त्यमा उनले अभिनेता अक्षय कुमारलाई लिएर ‘सूर्यवंशी’ निर्माणको घोषणा गरेका थिए ।

‘सिम्बा’ रिलिजको झन्डै १५ महिना पछि ‘सूर्यवंशी’ सिनेमाघरमा रिलिज हुँदैछ । मार्च २७ मा रिलिज हुने सिनेमाको पब्लिसिटी पनि सुरु भैसकेको छ । मार्च पहिलो साता सिनेमाको ट्रेलर रिलिज हुँदैछ ।

छिटो भन्दा छिटो सिनेमा बनाउने रोहितले आगामी प्रोजेक्टको पनि तयारी गरिरहेका छन् । ‘गोलमाल ५’ र ‘सत्ते पे सत्ता’को रिमेक उनको पाइपलाइनमा छन् ।

तर, उनले यी दुई सिनेमा भन्दा पहिला ‘सिङ्घम ३’ बनाउने चर्चा चलेको छ । अहिलेलाई नयाँ कलाकार लिएर नयाँ सिनेमा बनाउनु भन्दा पनि उनि पुरानै कलाकारसँग काम गर्न चाहन्छन । तर, यस विषयमा रोहितको आधिकारिक धारणा बाहिरिएको छैन ।

यदि उनले ‘सूर्यवंशी’पछि ‘सिङ्घम ३’ बनाए भने कप्स ड्रामामा ह्याट्रिक गर्नेछन् ।

रोहितका ‘गोलमाल ३’, ‘सिङ्घम’, ‘बोल बच्चन’, ‘सिङ्घम रिटर्न्स’ र ‘दिलवाले’ले सय करोड माथिको व्यापार गरेका थिए । भने, ‘चेन्नई एक्सप्रेस’, ‘गोलमाल अगेन’ र ‘सिम्बा’ले २ सय करोडको आँकडा पार गरेका छन् ।