‘प्रेमगीत ३’ शिर्ष गीत रिलिज

‘प्रेमगीत ३’ शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘प्रेमगीत ३’को शिर्ष गीत सार्वजनिक गरिएको छ । चल र अचल दृश्य समावेश गीतले दुई शिर्ष पात्रको प्रेमभाव बोल्छ ।


गीतमा शिर्ष कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङको केमेस्ट्री जमेको छ ।

प्रताप दास र प्रविशा अधिकारीले आवाज दिएको गीतमा राजेश कुमार श्रेष्ठको शब्द रचना र एलिश काकीको संगीत छ । यी चार स्रष्टाको सहकार्यमा सिनेमा ‘रोज’को ‘फुल होइन’ बोलको गीत सफल भएको थियो ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमा चैत २८ मा रिलिज हुँदैछ । सिनेमामा प्रदीप र कृष्टिनाका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारको पनि अभिनय छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् ।

आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको लगानी छ । छेतेन गुरुङ र मन्दीप गौतम मिलेर सिनेमा लेखेका हुन् ।