‘धुलो’को आइटम गीत रिलिज

‘धुलो’को आइटम गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन १६ गते रिलिज हुने सिनेमा ‘धुलो’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘चार सय चालिस बिजुली’ बोलमा मोडल दिपाशा बिसीले बोल्ड ठुम्का लगाएकी छन् ।


दुर्गा खरेल र अनुप थापाले आवाज दिएको गीतमा सिनेमाका कलाकार बुद्दि तामाङ र अग्रज केसी पनि फिचर्ड छन् । केशव मिश्रले लेखेको गीतमा जुगल डंगोलको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ ।

राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा निर्माण गरिएको सिनेमामा बुद्दि र अग्रजसँगै सृजना सुब्बा, प्रधुम्ना मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीको मुख्य भूमिका छ । भने, नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवालाई विशेष भूमिकामा देख्न सकिन्छ ।

प्रधुम्ना मिश्र निर्देशित सिनेमालाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन् । सिनेमाका प्रस्तुतकर्ता दीपा धरेल हुन् ।

रविन आचार्यले खिचेको सिनेमामा शंकर थापा/जुगल डंगोलको संगीत, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।