‘हिजो आजका कुरा’ गीत: ‘माया जदौ’मा दुई दर्जन कलाकारको नृत्य

‘हिजो आजका कुरा’ गीत: ‘माया जदौ’मा दुई दर्जन कलाकारको नृत्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वरिष्ठ कलाकार सन्तोष पन्तले निर्माण गरेको सिनेमा ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया जदौ’ बोलको गीतमा नेपाली कला क्षेत्रका चर्चित अनुहारलाई समेटिएको छ ।

विवाह उत्सवमा खिचिएको गीतमा बसुन्धरा भुषाल, भुवन चन्द, दीपाश्री निरौला, धिरेन शाक्य, गौरी मल्ल, दिनेश डिसी, गोपाल कायस्थ, जितु नेपाल, केदार घिमिरे, लूनिभा तुलाधर, मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, नविन के भट्टराई, नम्रता श्रेष्ठ, नितेश जंग कुँवर, निर शाह, रिंकु बज्राचार्य श्रेष्ठ, शम्भुजित बाँस्कोटा, शिवहरी पौडेल, यमन श्रेष्ठ र सिनेमाका सम्पूर्ण कलाकार प्रस्तुत छन् ।

आनन्द अधिकारी शब्द रचना रहेको गीतमा दीपक शर्माको संगीत छ । रामकृष्ण ढकाल र मेलिना राई आवाज दिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

टेलिभिजनको सुपरहिट सृंखला ‘हिजो आजका कुरा’ नाममा कलाकार पन्तले ठुलो पर्दाको सिनेमा निर्माण गरेका हुन् । सिनेमामा पन्तका छोरा साकार पन्तले निर्देशन गरेका हुन् ।

विदेश जान चाहने र सरोकार राख्ने राजधानीका चार परिवारको कथामा निर्मित सिनेमामा सन्तोष पन्त र साकार पन्तको कथा छ ।

सिनेमामा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्द लामा, जेविका कार्की, विनायक कुइकेल, अनुष्का घिमिरेलगायतका कलाकारको अभिनय छ ।

आगामी वर्षको बैशाख १२ गते रिलिज हुने सिनेमामा रवि सायमीको छायांकन, दीपक शर्मा र हर्कुलस बस्नेतको संगीत छ ।