anmol jasita

सस्पेन्स थ्रिलर ‘चपली हाइट ३’को अफिसियल टिजर रिलिज

सस्पेन्स थ्रिलर ‘चपली हाइट ३’को अफिसियल टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सस्पेन्स थ्रिलर कथामा निर्माण भएको सिनेमा ‘चपली हाइट ३’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमलगायतका मुख्य कलाकारलाई सार्वजनिक टिजरमा स्थान दिइएको छ ।

निर्माता अर्जुन कुमारको लगानी र निकेश खड्काले निर्देशन गरेको सिनेमामा प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक, जीवन भट्टराईलगायातका कलाकारको अभिनय छ ।महँगो रकममा अष्ट्रेलिया राइट्स बिक्रि भैसकेको सिनेमाको केही समय पहिले सार्वजनिक गीत चार आनाको मसलाले दर्शकबाट राम्रो प्रतिक्रिया बटुली रहेको छ ।

आकाश बरालको लेखन र संवाद रहेको सिनेमामा सुभाष भुषाल/अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन छ । अर्जुन कुमार फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमा चैत २८ देखि अलनेपाल रिलिज हुँदैछ ।