‘बधाई हो’को सिक्वेल ‘बधाई दो’मा राजकुमार र भुमि लिड

‘बधाई हो’को सिक्वेल ‘बधाई दो’मा राजकुमार र भुमि लिड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सन् २०१८ को सफल सिनेमा ‘बधाई हो’को सिक्वेल निर्माण हुने भएको छ । आयुषमान खुराना स्टारर ‘बधाई हो’ बक्सअफिसमा सुपरहिट भएको थियो । भने, राष्ट्रिय अवार्डमा पनि यसले कब्जा जमाएको थियो ।

दर्शकको मन जित्न सफल यस सिनेमाको सिक्वेलमा भने आयुषमान हुने छैनन् । उनको ठाउँमा राजकुमार राव फाइनल भएका छन् । यस्तै सिनेमामा भुमि पेंडेकरको पनि मुख्य भूमिका रहनेछ ।

‘बधाई दो’ नाम जुराइएको सिक्वेललाई हर्षवर्धन कुलकर्नीले निर्देशन गर्नेछन् ।

आगामी जुनबाट छायांकनमा जाने सिनेमामा राजकुमारले दिल्ली पुलिस र भुमिले पिटी टिचरको भूमिका निर्वाह गर्दैछन् ।

२ ओटा राष्ट्रिय अवार्ड जितेको ‘बधाई हो’ले विश्वव्यापी २२० करोडको माथिको व्यापार गरेको थियो ।