रजनीकान्तको ‘अन्नात्थे’मा खलनायक बन्दै गोपीचन्द

रजनीकान्तको ‘अन्नात्थे’मा खलनायक बन्दै गोपीचन्द

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तामिल सुपरस्टार रजनीकान्त हाल नयाँ सिनेमाको प्रि-प्रोडक्सनमा व्यस्त छन् । उनको मुख्य भुमिका रहने सिनेमामा तेलेगु सिनेमाका स्टार अभिनेता गोपीचन्दले खलनायकको भुमिका निवार्ह गर्दैछन् । रजनीकान्तको तामिल सिनेमा ‘अन्नात्थे’मा खलनायकको रुपमा देख्न सकिने बलिउड मिडियाले उल्ख गरेका छन् ।

गोपीचन्ददे १६ वर्ष अगाडि सन् २००४ मा निर्माण भएको सिनेमा ‘याग्नम’मा पहिलो पटक खलनायकको भुमिका निवार्ह गरेका थिए । त्यसपछि गोपीचन्दले थुप्रै सुपरहिट सिनेमामा मुख्य अभिनेताको रुपमा अभिनय गरिसकेका छन् ।

उनले एक दशकपछि सुपरस्टार रजनीकान्तको सिनेमामा नकारात्मक भूमिकामा देखिन लागेका हुन् । आगामी महिनाबाट सिनेमा फ्लोरमा जानेछ । सिनेमामा रजनीकान्त मायालु दाइको भूमिमा देखिनेछन् ।सिनेमामा प्रकाश राज र सतिश कोशिको पनि अभिनय रहनेछ ।

शिवाको निर्देशनमा निर्माण हुने सिनेमामा रजनीकान्त र गोपीचनदका अलावा कीर्ति सुरेश, मिना र खुस्बुको मुख्य भूमिका रहनेछ । सिनेमा आगामी वर्षको तिहारमा रिलिज हुने बलिउड मिडियाले जनाएका छन् ।