कोरोनाको त्रासले बलिउड सिनेमाको रिलिज अस्तव्यस्त

कोरोनाको त्रासले बलिउड सिनेमाको रिलिज अस्तव्यस्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बुधबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना (कोभिड १९) भाइरसलाई महामारी घोषणा गर्यो । सय भन्दा देशमा फैलिसकेको कोरोना संक्रमणले विश्वलाई त्रासमा धकेलेको छ ।

चिनबाट फैलिएको कोरोनाका संक्रमण ७३ भारतीयमा देखिएको छ । भारतमा लगातार कोरोनाका बिरामी बढ्न थालेपछि यसको असर बलिउडमा पनि देखिएको छ ।

कोरोनाको त्रासका कारण बलिउडका ठुला सिनेमाको रिलिज बिथोलिएको छ । मार्च २४ मा रिलिज हुने भनिएको अक्षय कुमार स्टारर ‘सूर्यवंशी’ यो मितिमा प्रदर्शन नहुने भएको छ ।

निर्माण पक्षबाट आधिकारिक सुचना नआएपनि यसको रिलिज स्थगित कन्फर्म जस्तै छ । पछिल्लो रिपोर्टका अनुसार ‘सूर्यवंशी’ अप्रिल १० मा रिलिज हुन् सक्छ । शुक्रबारसम्म निर्माण पक्षले आधिकारिक रिलिज डेट बाहिर ल्याउनेछन् ।

यस्तै अप्रिल १० मा रिलिज हुने भनिएको ‘८३’ पनि पछाडी हट्ने भएको छ । कोरोनाकै कारण रणवीर सिंह स्टारर सिनेमाको रिलिज स्थगित हुन् लागेको हो । दुवै सिनेमाको वितरण कम्पनि रिलायन्स इन्टरटेनमेन्ट हो ।

रिलायन्सले पहिला ‘सुर्यबंशी’ र त्यसपछि ‘८३’को रिलिज मिलाउने भनेको छ ।

यस्तै १ मेमा रिलिज हुने भनिएको ‘कुली नम्बर १’को रिलिज पनि १ महिना पछाडी धकेलिएको छ । वरुण धवन र साराअलि खान स्टारर सिनेमा अब २९ मेमा रिलिज हुनेछ ।

जाहन्वी कपूर स्टारर गुञ्जन सक्सेना: द कार्गिल गर्ल’ले पनि अप्रिल २४ को रिलिज स्थगित गरेको छ । यो सिनेमा अब कहिले प्रदर्शन हुने पत्तो छैन ।

कोरोनाको त्रास बीच इरफान खान र करीना कपूर खान स्टारर ‘अंग्रेजी मिडियम’ भने शुक्रबार रिलिज हुँदैछ । यस सिनेमाको व्यापारले अन्य सिनेमाको रिलिजसँग ठुलो महत्व राख्नेछ ।