शिल्पाको भोजपुरी डेब्यु, ‘जय शम्भु’ टिजर रिलिज

शिल्पाको भोजपुरी डेब्यु, ‘जय शम्भु’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेलको भोजपुरी डेब्यु सिनेमा ‘जय शम्भु’को टिजर रिलिज भएको छ । टिजरमा भोजपुरी स्टार प्रदीप पाण्डे ‘चिन्टु’को प्रमुख भूमिका छ । उनको एक्सन अवतारलाई टिजरमा हाइलाइट्स गरिएको छ ।

सिनेमामा प्रदीपको प्रेमिकाको रुपमा शिल्पा हुन सक्ने टिजर हेरेर अनुमान गर्न सकिन्छ । तर, टिजरमा शिल्पाको भूमिका सस्पेन्स राखिएको छ । निर्माण पक्षले शिल्पाको केहि झलक मात्र प्रस्तुत गरेको छ ।

गत वर्ष रिलिज भएको ‘भिलेन’ पश्चात शिल्पा सिल्भर स्क्रिनमा देखिएकी छैनन् । यस विचमा उनले केहि म्युजिक भिडियो र भोजपुरी सिनेमामा अभिनय गरिन् । तर, शिल्पाको नेपाली सिनेमा कमब्याकलाई लिएर दर्शक आतुर छन् ।

रिलिज डेट तय नभएको ‘जय शम्भु’लाई सोनु खत्रीले निर्माण एवं निर्देशन गरेका हुन् । सिनेमामा रमेश बोगटीको कथा, उमालाल यादवको पटकथा र वीरु ठाकुरको संवाद छ ।

सिनेमामा प्रदीप र शिल्पासँगै सोनु खत्री, देव सिंह, धुर्व कोइराला, अनुप अरोरा, अकंक्षा दुबे र कालु रानालगायतका कलाकारको अभिनय छ ।