anmol jasita

घरबाटै तयार भयो मल्टीस्टारर ‘लकडाउन’ ~ भिडियो ~

घरबाटै तयार भयो मल्टीस्टारर ‘लकडाउन’ ~ भिडियो ~

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरोना भाइरस कोभिड-१९ को कारण देश लकडाउन भएको महिना बितिसक्यो । सिनेमाका सम्पूर्ण काम ठप्प हुँदा कलाकार र दर्शक बीचको सामाजिक दुरी बढेको छ ।

कोरोनाको बढ्दो त्रासले लकडाउन अहिले नै सकिएला भन्ने कुनै ठेगान छैन । यस्तोमा दर्शक मात्र होइन कलाकारहरुलाई पनि घरमा समय कटाउनु त्यति सजिलो छैन ।

त्यसैले उनिहरु घर बसेर स्क्रिप्ट लेख्ने, किताब पढ्ने, सिनेमा हेर्नेलगायतका कार्यमा समय काटिरहेका छन् । यस्तैमा कलाकार सन्दीप क्षेत्रीले ‘लकडाउन’ शिर्षकमा सर्ट सिनेमा नै तयार गरेका छन् । त्यो पनि स्टार कलाकारका साथ ।

उनको सिनेमामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्यदेखि लिएर दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, संजय श्रेष्ठ र स्वयम् सन्दीपले अभिनय गरेका छन् । तर, सबैले घर बसेरै अभिनय गरेका हुन् ।

सिनेमाको स्क्रिप्ट सन्दीप आफैले तयार पारेका हुन् । लकडाउनको समयमा बाहिर निस्कन चाहने एक युवकको असफल प्रयास सिनेमामा देखाइएको छ ।

देशभर अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ४९ पुगेको छ । जसमध्ये ११ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो एक सातामा ३१ जना नयाँ संक्रमित देखिदा कोरोना त्रास अझ बढेको छ ।

घरभित्रै बसौँ । कोरोना भाइरस सङ्क्रमणबाट आफु पनि बचौँ,अरुलाई पनि बचाऔँ ।