anmol jasita

उत्कृष्ट प्रतिक्रियासहित सुशील र रुबिनाको ‘लभ डायरिज’ ट्रेन्डिङ टपमा

उत्कृष्ट प्रतिक्रियासहित सुशील र रुबिनाको ‘लभ डायरिज’ ट्रेन्डिङ टपमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुशील श्रेष्ठ स्टारर सिनेमा ‘लभ डायरिज’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ । प्रेमकथामा आधारित यो सिनेमालाई दर्शकले उत्कृष्ट पनि भनेका छन् ।


रिलिज भएको दुई दिनमै १२ लाख बढीले हेरिसकेको सिनेमालाई लगभग शतप्रतिशत सकारात्मक प्रतिक्रिया मिलेको छ । ४२ हजार लाइक पाइसकेको सिनेमामा दर्शकले ४७ सय प्रतिक्रिया दिएका छन् । सिनेमालाई डिसलाइक गर्नेको संख्या ५.२६ प्रतिशत मात्र छ ।

सौरभ चौधरी निर्देशित सिनेमा गत फागुनमा रिलिज भएको थियो । तर, बक्सअफिसमा खासै कमाल देखाउन सकेन । युट्युबमा रिलिज भएपछी भने सौरभसहित डेब्यु अभिनेत्री रुबिना थापा र अभिनेता सुशील श्रेष्ठको कामको प्रशंसा भएको छ ।

कोरोनाका कारण बाहिरी देशको शो रद्द भएपछि सिनेमालाई युट्युबबाटै रिलिज गरिदिएको निर्देशक चौधरीले बताएका छन् । ‘‘हाम्रो बाहिरको शो रद्द भएपछि लकडाउनमा थुनिएर बसेका दर्शकलाई लक्षित गरेर चलचित्र युट्युबमा हालेका हौँ ।’ उनले भने ।

विनोद सापकोटाले produced गरेको यस सिनेमामा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ ।

शाहील खान एसोसियट निर्देशक रहेको सिनेमामा मधु बास्तोलाको कथा/पटकथा, अर्जुन पोखरेलको संगीत, संजय लामाको डिओपी र मिलन श्रेष्ठ/दिर्घ खड्काको सम्पादन छ ।

घरभित्रै बसौँ । कोरोना भाइरस सङ्क्रमणबाट आफु पनि बचौँ,अरुलाई पनि बचाऔँ ।