anmol jasita

निर्देशक नेत्रको शर्ट सिनेमा ‘लकडाउन’ ~ भिडियो ~

निर्देशक नेत्रको शर्ट सिनेमा ‘लकडाउन’ ~ भिडियो ~

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक नेत्र गुरुङले शर्ट सिनेमा ‘लकडाउन’ सार्वजनिक गरेका छन् । ३७ दिनदेखि जारी रहेको लकडाउनका बीच समाजले भोगेको नराम्रो यथार्थ ६ मिनेट ४८ सेकेण्ड लामो सिनेमाद्वारा देखाइएको छ ।

गुरुङकै लेखन, निर्देशन तथा सम्पादन रहेको सिनेमामा प्रमिला तुलाचन, राज पोखरेल र विजयराज अधिकारीले अभिनय गरेका छन् ।

लकडाउन उल्लङ्घन नगरिकनै नेपाल र जापानमा प्रकाश गुरुङ कष र रोशन कार्कीले सिनेमा खिचेका हुन् ।

निर्देशक नेत्रले ६ वर्ष अगाडी सिनेमा ‘नाइके’ निर्देशन गरेका थिए । उक्त सिनेमामा आर्यन सिग्देल र सुरबिना कार्की मुख्य भूमिकामा थिए ।