बलिउडका वरिष्ठ अभिनेता ऋषी कपूरको निधन

बलिउडका वरिष्ठ अभिनेता ऋषी कपूरको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका वरिष्ठ अभिनेता ऋषी कपूरको निधन भएको छ । गए राती ६७ वर्षको उमेरमा उनको निधन भएको भारतीय मिडियाले लेखेका छन् ।

उनि क्यान्सर पिडित थिए । स्वास्थ्यमा खराबी आएपछि उनलाई बुधबार मुम्बईस्थित एच एन रिलायन्स अस्पताल भर्ना गरिएको थियो । उनका भाइ रणधीर कपूरले ऋषीलाई सास फेर्न समस्या भएको बताएका थिए ।

ऋषिको निधनपछि अर्का दिग्गज अभिनेता अमिताभ बच्चनले आफु टुटेको ट्विट गरेका छन् । उनि लेख्छन ‘उ गयो…! ऋषी कपूर गयो । भर्खरै ऋषीको निधन भयो । म टुटीसके ।’

हिजो बुधबार मात्रै बलिउडले एक प्रतिभाशाली कलाकार इरफान खानलाई गुमाएको थियो । दुई दिनको अन्तरालमा दुई हस्तीलाई गुमाउँदा अहिले बलिउड पुरै शोकमा डुबेको छ ।