अमिताभ-आयुषमान स्टारर ‘गुलाबो सिताबो’ ट्रेलर रिलिज

अमिताभ-आयुषमान स्टारर ‘गुलाबो सिताबो’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अमिताभ बच्चन र आयुषमान खुराना स्टारर सिनेमा ‘गुलाबो सिताबो’को ट्रेलर रिलिज गरिएको छ । विश्वव्यापी लकडाउनले सम्पूर्ण हल बन्द भएको अवस्थामा सिनेमाको ट्रेलर रिलिज गरिएको हो ।


निर्माण समयदेखि नै चर्चामा रहेको यो सिनेमामा अमिताभले एक बुढो मुस्लिम घर मालिक र आयुषमानले किरायावालाको भूमिका निर्वाह गरेका छन् ।

शूजित सरकार निर्देशित सिनेमा अहिले हलमा भने रिलिज हुनेछैन । लकडाउनका बीच १२ जुनदेखि यो सिनेमा अमेजन प्राइम भिडियोमा हेर्न सकिनेछ ।

सिनेमाको डिजिटल रिलिजलाई लिएर निर्देशक शूजित भन्छन ‘भारतीय मनोरंजनको दुनियाँमा यो नयाँ बिहानीको सुरुवात हो । म खुसि छु कि, हाम्रो यो ड्रामेडी संसारले हेर्न सक्नेछ । गुलाबो सिताबो हल्का-फुल्का कमेडी सिनेमा हो, जसको मज्जा परिवारसहित लिन सकिनेछ ।’