‘चिनी कम रंग कडा’को गीत ‘सुगन्धि चक्षुले’ ~ भिडियो ~

‘चिनी कम रंग कडा’को गीत ‘सुगन्धि चक्षुले’ ~ भिडियो ~

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विवेक घिमिरे निर्देशित सिनेमा ‘चिनी कम रंग कडा’को लिरिकल गीत सार्वजनिक गरिएको छ । ‘सुगन्धि चक्षुले’ गीतमा पात्रका केहि दृश्य मात्र समावेश गरिएको छ ।


गीतमा मानव सुवेदीको कम्पोजिसन र गायकी सुरिलो छ । यस्तै मानव र सुशील सुवेदीले गीतको शब्द रचना गरेका हुन् ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको सिनेमामा मानव सुवेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रविनजंग थापा, जीवन भट्टराई, प्रकाश भुजेललगायतका कलाकारको अभिनय छ ।

सिनेमामा याकोपो र्याच्लिक/लुका मौसेरीको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । सिनेमालाई ओटिटि प्लेटफर्म मार्फत रिलिज गर्ने भनिएको छ ।

चैत ११ देखिको लकडाउनका बीच भदौसम्म हलमा सिनेमा रिलिजको सम्भव छैन ।