‘शमशेरा’ छायांकनको लागि यशराजले बोलायो संजय र रनवीरलाई

‘शमशेरा’ छायांकनको लागि यशराजले बोलायो संजय र रनवीरलाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरोना महामारीका बीच बलिउड सिनेमा ‘शमशेरा’को छायांकन पुन: सुचारु हुने भएको छ । निर्माण कम्पनि यशराज फिल्मसले छिट्टै नै सिनेमाको बाँकी छायांकन पुरा गर्ने भारतीय मिडियाले लेखेका छन् ।

मुम्बईस्थित यशराज स्टुडियोमा सिमित क्रुका साथ सिनेमाको छायांकन हुनेछ । छायांकनको लागि सिनेमाका मुख्य कलाकार संजय दत्त र रनवीर कपूरलाई बोलाइएको छ । लकडाउन पछाडी छायांकनमा निस्किने यी पहिला दुई अभिनेता बन्नेछन् ।

साता अगाडी महाराष्ट्र सरकारले आफ्नो राज्यमा सामाजिक दुरी कायम गरेर छायांकनका लागि अनुमति दिएको थियो । त्यसै अनुरुप सरकारले जारी गरेको गाइडलाइनमा रहेर सिनेमाको बाँकी छायांकन पुरा गर्न लागिएको हो ।

आदित्य चोपडाले निर्माण गरिरहेको यस पिरियड ड्रामालाई करण मलहोत्राले निर्देशन गरिरहेका छन् । सिनेमामा संजय र रनवीरका अलावा वाणी कपूर महत्वपूर्ण भूमिकामा छिन् ।

यस्तै आगामी महिना जुलाई बीचदेखि जोन अब्राहम र इमरान हाशमी स्टारर ‘मुम्बई सागा’को पनि छायांकन सुरु हुँदैछ ।