‘सडक २’ ओटिटि रिलिज रहर होइन बाध्यता’ – निर्देशक महेश भट्ट

‘सडक २’ ओटिटि रिलिज रहर होइन बाध्यता’ – निर्देशक महेश भट्ट

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड निर्देशक महेश भट्टको सिनेमा ‘सडक २’ अब ओटिटि प्लेटफर्म मै रिलिज हुने पक्का भएको छ । निर्देशक भट्टले वर्तमानमा ओटिटि नै रिलिजको विकल्प रहेको बताए ।

‘कोभिड – १९ का संक्रमित बढिरहेका छन् । यस्तोमा के हल खुल्छन होला त ? यदि खुलिहाले पनि ‘सडक २’ रिलिज गरिदिन्छौँ । तर, के हाम्रो सिनेमा हेर्न दर्शक हलसम्म आउलान त ? मानिसलाई आफ्नो परिवार बचाउनु छ । आज जीवन धेरै महत्वपूर्ण छ ।’

ओटिटि रिलिज आफ्नो चाहना भन्दा पनि बाध्यता रहेको भट्टले बताए । ‘हामीले सिनेमा थन्क्याउनलाई निर्माण गरेका हैनौँ । त्यसैले अहिलेको समयमा ओटिटि नै यसको विकल्प हो ।’

संजय दत्त, अलिया भट्ट, आदित्य रोय कपूर,  पूजा भट्ट, जिस्सु सेनगुप्ता, गुलसन ग्रोवरलगायतका कलाकारले अभिनय गरेको सिनेमाको दुई दिने छायांकन बाँकी छ । जो जुलाई महिनामा पुरा गरिनेछ ।

ओटिटि रिलिजको पाइपलाइन रहेका सिनेमा

अमिताभ बच्चन र आयुषमान खुराना स्टारर ‘गुलाबो सिताबो’ ओटिटि प्लेटफर्ममा रिलिज भैसकेको छ । यस्तै विद्या वालन स्टारर ‘शकुन्तलादेवी’, जाहन्वी कपूर स्टारर ‘गुञ्जन सक्सेना’ र स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम सिनेमा ‘दिल बिचारा’ ओटिटि रिलिजको लागि तयार छन् ।