सिनेमा ‘मेरो आफ्नो’को गीत रिलिज

सिनेमा ‘मेरो आफ्नो’को गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – राजु अधिकारी निर्देशित सिनेमा ‘मेरो आफ्नो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘यति खुसि दिउँला कि’ बोलको रोमान्टिक नम्बरमा केवलजंग कुँवर र सुजाता थापा फिचर्ड छन् ।


केवलको यो डेब्यु सिनेमा हो । ताराप्रकाश लिम्बुले संगीत भरेको गीतमा प्रताप दास र अनु चौधरीले स्वर दिएका छन् । भने, रामजी लामिछानेले गीतको भिडियो कोरियोग्राफी गरेका छन् ।

रिलिज मिति तय नभएको सिनेमाका लेखक तथा निर्माता मौनता श्रेष्ठ हुन् । सिनेमामा केवल र सुजाताका अलावा रिया श्रेष्ठको अभिनय छ ।

आरती अधिकारीको कथा रहेको सिनेमामा ताराप्रकाश लिम्बु/विकाश चौधरीको संगीत, पवन गौतमको छायांकन, हिमाल केसीको एक्सन र मन्दील श्रेष्ठको सम्पादन छ ।

रामकृष्ण बाजिमया कार्यकारी निर्मातामा रहेको सिनेमामा बसन्त शर्मा, धिरजकुमार श्रेष्ठ र निल बहादुर केसी निर्माता छन् । भने, विनादेवी श्रेष्ठ सह-निर्मात्री हुन् ।