अक्षयको ‘बेल बटम’ अगस्तदेखि युकेमा छायांकन हुने

अक्षयको ‘बेल बटम’ अगस्तदेखि युकेमा छायांकन हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरोना भाइरसले नेपाली सिनेमा क्षेत्र ठप्प भएपनि बलिउड भने विस्तारै थिग्रिदै छ । रिलिज रोकिएका केहि सिनेमाले प्रदर्शनको तयारी गर्दैछन् । भने, केहि छायांकनको क्रममा छन् ।

यस्तै अक्षय कुमारको सिनेमा ‘बेल बटम’ पनि आगामी महिनादेखि विदेश छायांकनमा निक्लिने भएको छ । रञ्‍जित एम तिवारीले निर्देशन गर्ने यो सिनेमाको अगस्त महिनादेखि युकेमा छायांकन हुनेछ । लकडाउन पछाडी विदेशमा छायांकन हुने यो नै पहिलो बलिउड सिनेमा बन्नेछ ।

स्मरण रहोस भारत र युके कोरोनाका अति प्रभावित देश हुन् । विश्वका कोरोनाका धेरै संक्रमित रहेको देशमा भारत तेस्रो नम्बरमा छ । भने, युके आठौँमा ।

२०२१ को अप्रिल २ रिलिज मिति तोकिएको सिनेमामा अक्षयका अलावा वाणी कपूर, हुमा कुरेशी, लारा दत्तलगायतका कलाकारको अभिनय रहनेछ ।