सुशान्तको मृत्युको कारणमा सलमानसहित ८ बलिउडकर्मी विरुद्द हालिएको मुद्दा खारेज

सुशान्तको मृत्युको कारणमा सलमानसहित ८ बलिउडकर्मी विरुद्द हालिएको मुद्दा खारेज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको कारण भन्दै अभिनेता सलमान खानसहित ८ बलिउडकर्मी विरुद्द परेको फौजदारी मुद्दा बिहार अदालतले खारेज गरिदिएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार वकिल सुधिर कुमार ओझाले सुशान्तको आत्महत्याको कारण भन्दै सलमान खान, करण जोहर, एकता कपूर, संजयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र दिनेशका विरुद्द असार पहिलो साता अदालतमा मुदा दायर गरेका थिए ।

यी आठ व्यक्तिले सुशान्तका सिनेमा रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई सिने कार्यक्रममा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सुशान्तको मृत्युको तेस्रो दिनै दायर गरिएको यो मुद्दामा साक्षीका रूपमा अभिनेत्री कंगना रनावतको नाम उल्लेख गरिएको थियो।

३४ वर्षीय सुशान्तले गत जुन १४ मा आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। उनलाई लामो समयदेखि डिप्रेसन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सुशान्तलाई ‘धेरै कुराको दबाब रहेको’ भन्दै उनको निधनबारे अहिले पनि अनुसन्धान चलिरहेको छ।