प्रभासको नयाँ सिनेमा ‘राधेश्याम’ घोषणा, बाहिरियो फस्टलुक

प्रभासको नयाँ सिनेमा ‘राधेश्याम’ घोषणा, बाहिरियो फस्टलुक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साउथ इण्डियन अभिनेता प्रभासको २० औँ सिनेमा ‘राधेश्याम’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सिनेमाको शिर्षक र पोस्टर सार्वजनिक गरिएको हो ।


पोस्टरमा प्रभास र अभिनेत्री पूजा हेगडेको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ । सुन्तला रंगको आकास र रातो पानीमा पोस्टरको ठुलो क्यानभास समेटिएको छ ।

राधाकृष्ण कुमारले निर्देशन गर्ने यो सिनेमा तेलुगु र हिन्दी भाषामा छायांकन गरिनेछ । भने, तामिल र मलायलममा डब गरिनेछ । सिनेमामा मुरली शर्मा, सचिन खेडेकर, प्रियदर्शी, सशा क्षेत्री, कुनाल रोय कपूर र सथ्यन पनि अभिनय रहनेछ । ‘राधेश्याम’बाट अभिनेत्री भाग्यश्रीले सिनेमामा कमब्याक गर्दैछिन् ।

सिनेमाको रिलिज डेट तय नभएपनि आगामी वर्ष रिलिज हुने सम्भावना रहेको छ ।

‘बाहुबली’ सिरिजमा शिर्ष भूमिका निर्वाह गरेपछि करोडौँ फ्यान कमाएका प्रभासका लागि यो सिनेमा विशेष हुनेछ । ‘बाहुबली’ र ‘बाहुबली २’को ठुलो सफलता पछि प्रभासको ‘साहो’ले दर्शकलाई निरास बनाएको थियो ।