सारा अली खानका ड्राइभर पनि कोरोना संक्रमित

सारा अली खानका ड्राइभर पनि कोरोना संक्रमित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेत्री सारा अली खानको ड्राइभर पनि कोरोनाको चपेटामा परेका छन् । उनको कोरोना टेस्ट पोजेटिभ आएपछि साराले इन्स्टाग्राममा खबर साझेदारी गरेकी छन् ।

कोरोना पोजेटिभ पाइएपछि ड्राइभरलाई ‘बिएमसी’ले क्वारेन्टाइन पठाएको छ । साथै, उनले आफुसहित आफ्नो सम्पूर्ण परिवारको कोरोना रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिएकी छन् ।

साता यता बलिउडमा कोरोनाका संक्रमित दिनहुँ बढिरहेका छन् । महानायक अमिताभ बच्चन, अभिनेता अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन, छोरी आराध्या बच्चन पनि कोरोनाबाट संक्रमित छन् ।

यस्तै अभिनेता अनुपम खेरको परिवारमा चार जनालाई संक्रमण देखिएको छ । यस्तै टेलिभिजन स्टार पार्थ समथानको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।