विद्या वालन स्टारर ‘शकुन्तलादेवी’ ट्रेलर रिलिज

विद्या वालन स्टारर ‘शकुन्तलादेवी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विद्या वालन स्टारर सिनेमा ‘शकुन्तलादेवी’को ट्रेलर रिलिज भएको छ । अनु मेनोन निर्देशित सिनेमाको ट्रेलर दमदार बनेको छ । सिनेमामा विद्याले ‘हुमन कम्प्युटर’को नामले प्रख्यात भारतीय गणितिज्ञ शकुन्तलादेवीको भूमिका निर्वाह गरेकी छन् ।


ट्रेलरमा शकुन्तलादेवीले महान गणितिज्ञ बन्न गर्नु परेको संघर्षलाई देखाइएको छ । आफ्नो बौद्दिकताले लण्डनसम्मको यात्रा तय गरेकी शकुन्तलादेवीले १९८२ मा गिनिज बुकमा पनि नाम लेखाएकी थिइन् ।

पात्रलाई बखुबी निभाउन सक्ने विद्या शकुन्तलादेवीको भूमिकामा पनि खरो उत्रिएकी छन । उनको स्वत्रन्त्र छविले दर्शकको मन जित्छ । सिनेमामा विद्याको छोरीको भूमिका सान्या मलहोत्राले निर्वाह गरेकी छन् । यो सिनेमा ३१ जुलाईमा अमेजन प्राइमबाट प्रिमियर हुँदैछ ।