फरहानको ‘फोनभूत’मा कट्रिना, इशान र सिद्धान्त

फरहानको ‘फोनभूत’मा कट्रिना, इशान र सिद्धान्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री कट्रिना कैफ र अभिनेताद्वय इशान खट्टर, सिद्धान्त चतुर्वेदी पहिलो पटक सँगै स्क्रिनमा देखिने भएका छन् । यी तीन कलाकारलाई लिएर रितेश सिद्वानी र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्टले हरर कमेडी सिनेमा ‘फोनभूत’ निर्माण घोषणा गरेका हुन् ।

एक्सेलको ‘गली व्वाय’ पछिको यो महत्वकान्क्षी सिनेमा हो । व्यानरको सिनेमा ‘तूफान’ प्रदर्शनको क्रममा छ ।

२०२१ मा रिलिज हुने यस सिनेमालाई गुर्म्मीत सिंहले निर्देशन गर्नेछन् । सिनेमामा रवि शंकरण र जस्विन्दर सिंह बथको लेखन रहेको छ ।

तीन कलाकार कट्रिना, इशान र सिद्धान्तलाई एक साथ पर्दामा देख्न रोचक हुने अनुमान गरिएको छ । फस्टलुकमा यी कलाकारहरु फन्नी मुद्रामा देखिएका छन् ।

कट्रिना अभिनित ‘सूर्यवंशी’ यस वर्षको दिपावलीमा रिलिज हुँदैछ । यस्तै इशानको ‘अ स्विटेबल व्वाय’ पोस्ट-प्रोडक्सन र ‘खालिपीली’ छायांकनरत छ । भने, सिद्धान्तको ‘बन्टी और बब्ली २’ छायांकनको चरणमा छ ।