अक्षयलाई सेड्युल मिलाउनै सकस, पाइपलाइनमा ८ सिनेमा

अक्षयलाई सेड्युल मिलाउनै सकस, पाइपलाइनमा ८ सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विश्वव्यापी लकडाउन बिस्तारै खुकुलो हुँदै गर्दा बलिउड अभिनेता अक्षय कुमारलाई सिनेमा छायांकनको सेड्युल मिलाउनै गाह्रो पर्ने देखिएको छ । वर्षमा ३-४ वटासम्म सिनेमा गरिहाल्ने यी अभिनेताका ६ सिनेमा छायांकनको पाइपलाइनमा छन् ।

एक महिनापछि अक्षयको ‘बेल बटम’ विदेशमा छायांकन हुँदैछ । लकडाउनपछि विदेशमा छायांकन हुने यो पहिलो बलिउड सिनेमा बन्नेछ ? समयले साथ दिए यो सिनेमाको छायांकन सेप्टेम्बरसम्म सकिने बताइएको छ ।

सानो टिम र क्यानभास मै पनि छायांकन गर्न सकिने भएकाले अक्षयले लकडाउन पछिको पहिलो सेड्युलमा ‘बेल बटम’लाई राखेका हुन् ।

यो सिनेमापछि अक्षयले आफ्नो करिअरकै पहिलो पिरियड ड्रामा ‘पृथ्वीराज’ गर्नेछन् । यो सिनेमाको ४० प्रतिशत मात्र छायांकन बाँकी छ । अक्टुबर अन्तिमबाट अक्षयले यसको बाँकी छायांकन पुरा गर्न सक्छन ।

त्यसपछि उनले निर्देशक आनन्द एल राइको ‘अतरंगी रे’मा विशेष भूमिका निर्वाह गर्नेछन् । यो सिनेमामा सारा अलि खान र धनुष मुख्य भूमिकामा हुनेछन । अप्रिल मै छायांकन सुरु हुने भनिएको यो सिनेमा कोरोना भाइरस महामारीका कारण रोकिएको थियो ।

डिसेम्बरदेखि जनवरीको बीचमा अक्षयले साजिद नाडियडवालाको ‘बच्चन पाण्डे’को छायांकन सुरु गर्न सक्छन । फरहाद सामजीले निर्देशन गर्ने एक्सन कमेडीमा अक्षयले कृति सेनोनसँग जोडी बाँध्नेछन् ।

यी सिनेमापछि एकता कपूरको अनटाइटल एक्सन कमेडी सिनेमा अक्षयको पाइपलाइनमा छ । जुन एक तेलुगु सिनेमाको रिमेक हुनेछ । यस्तै निर्देशक मनिष शर्माको अनटाइटल प्रोजेक्ट पनि अक्षयले साइन गरिसकेका छन् ।

यो त भयो अक्षयको छायांकनको पाइपलाइन । रिलिजमा पनि अक्षयका दुई सिनेमा पाइपलाइनमा छन् । रोहित सेट्टी निर्देशित ‘सूर्यवंशी’, अक्षयको यस वर्ष हलमा प्रदर्शन हुने एक मात्र सिनेमा बन्नेछ । मार्चमा रिलिज हुने भनिएको सिनेमा कोरोना महामारीका कारण दिपावलीमा रिलिज हुँदैछ ।

यस्तै अक्षय अभिनित ‘लक्ष्मी बम्ब’ भने यस वर्ष हलमा रिलिज हुनेछैन । बरु इदको अवसरमा डिज्नी प्लस हटस्टारबाट प्रिमियर हुनेछ ।