यस वर्ष रिलिज नहुने भयो सलमानको ‘राधे’

यस वर्ष रिलिज नहुने भयो सलमानको ‘राधे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता सलमान खानको बहुप्रतिक्षित सिनेमा ‘राधे: योर मोस्ट वान्टेड भाई’ यस वर्ष रिलिज नहुने भएको छ । कोरोना महामारीका कारण सिनेमा यस वर्ष रिलिज नहुने भएको हो ।

सिनेमाको १० प्रतिशत छायांकन बाँकी छ । भारतमा दिनहु बढिरहेको संक्रमितको संख्यालाई मध्येनजर गर्दै तत्कालका लागि सिनेमाको बाँकी छायांकन पुरा नहुने भएको हो । आउटडोर सुटिङमा मनसुनले असर गर्ने र इनडोर सुटिङ गर्दा क्रुलाई कोरोनाको जोखिम बढ्ने भन्दै सलमानले तत्काललाई सिनेमा नखिच्ने निर्णय लिएका हुन् ।

यस वर्षको इदमा रिलिज हुने भनिएको सिनेमा अब २०२१ मा रिलिज हुने बताइएको छ । सिनेमामा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डा, ज्याकी श्रोफलगायतका कलाकारको अभिनय छ ।

प्रभुदेवाले निर्देशन गरिरहेको सिनेमामा सोहिल खान, अतुल अग्निहोत्री र सलमान स्वयम्को लगानी रहनेछ ।